ज्योतिपुञ्‍ज साकोस प्रोवेसन कार्यक्रममा आवद्ध

काठमाडौं । नयाँ बानेश्वर मुख्य कार्यालयमा रहेको ज्योतिपुञ्‍ज बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास प्रोवेसन कार्यक्रममा आवद्ध भएको छ । यस सम्बन्धमा आज नेफ्स्कून केन्द्रीय कार्यालयमा प्रोवेसन कार्यक्रम सम्झौता सम्पन्न गर्नुभएको छ । उक्त कार्यक्रममा नेफ्स्कूनका कार्यप्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्‍जयराज तिमिल्‍सेना, वरिष्ठ अधिकृत भरत न्यौपाने तथा कार्यक्रम अधिकृत कोमलराज अधिकारी सहभागी हुनुभएको थियो भने ज्योतिपुञ्‍ज साकोसका तर्फबाट अध्यक्ष नवराज कार्की तथा प्रवन्धक रञ्जु कार्की उपस्थित हुनुभएको थियो ।

नेफ्स्कूनले सदस्य संस्थाहरुको गुणस्तर सुनिश्चितताको लागि सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रोवेसनमा सहभागिहरुले संस्थालाई सवल, दिगो, विश्वसनीय र सदस्यमैत्रीका साथै वित्तीय रुपमा सक्षम बनाउने भन्दै नेफ्स्कूनका कार्यप्रमुख कार्यकारी अधिकृत एवम् प्रशासन प्रमुखले ज्योतिपुञ्‍जलाई यथाशक्य ब्रान्ड दिलाउन निरन्‍तर लाग्‍नको लागि ध्यानाकर्षण गराउनुभयो । प्रोवेसनमा सहभागितालाई ज्योतिपुञ्‍जले अवसर र चुनौती दुबैका रुपमा लिएको संस्थाका अध्यक्ष एवम् प्रवन्धकले बताउनुभयो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *