सहकारी सचेतना कार्यक्रम

भोजपुर । नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत आज भोजपुरको बालंखा ४ स्थित आमचोक गाउँपालिकामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम नेफ्स्कूनले आमचोक गाउँपालिकाको सहकार्यमा सञ्चालन गरेको हो । केही समयअघि आमचोक गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको थियो । कार्यक्रममा गाउँपालिका भरीका सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आमचोक गाउँपालिका अध्यक्ष अशोक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नवीनराज दाहाल तथा अनुगमन अधिकृत मुकेश दाहालले गर्नुभएको थियो । नेफ्स्कूनले दुरदराजमा रहेका र हरेक किसिमका पहुँचबाट टाढा रहेका सहकारीहरुलाई लक्षित गरी वित्तीय एवम् संस्थागत सुशासन, सदस्यको विश्वसनीयता र गुणस्तरीय सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले स्थानीय निकायसँगको सहभागितामा आधारशिला कार्यक्रम सञ्चालन गरेको हो ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *