सहकारी विकासका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया


सुर्खेत । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी कर्णाली प्रदेशमा सहकारी क्षेत्रको विकासका लागि स्थानीय सरोकारवालासँग आज बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतको आयोजनामा कर्णाली प्रदेशमा सहकारी क्षेत्र विकासका लागि सरोकारवालासँग आज अन्तरक्रिया कायर्यक्रम सम्पन्न गरिएको हो । सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार एवं उप सचिव राजु बस्‍नेतको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति प्रदेश सहकारी मन्त्री विमला के.सी हुनुभएको थियो भने प्राध्यापक डा. दिपबहादुर रावल भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, मुख्य मन्त्री कार्यालयका सचिव एंव सहकारी विज्ञ आनन्द सारु, नेफ्स्कूनका संञ्चालक यज्ञप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका संञ्चालक हरीहरनाथ योगी, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सी लगायत अथितिहरु सहभागी हुनुभएको थियो ।

प्रमुख अथिति मन्त्री के.सी ले सहकारीको विकास विना समाजवाद उन्मुख राष्ट्रको परिकल्पना पुरा हुन सक्दैन भन्नेमा प्रदेश सरकार सहकारी मन्त्रालय विश्वस्त रहेको धारण राख्नुभयो । मन्त्रालय स्थापना भएदेखि सहकारीलाई प्राथमिकता दिएको र थुप्रै अनुदानका कार्यक्रमहरु संञ्चालन गरेको र सहकारी मार्फत व्‍याज अनुदान कार्यक्रम संञ्चालनमा ल्याउन निकै चुनौती सामना गर्नुपर्ने धारणा व्‍यक्‍त गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव मिश्रले सहकारी क्षेत्र सुधारको लागि लगानी कम भएको बताउदै आउँदा दिनहरुमा लगानी बढाइ क्षमता विकास र पुर्वाधार विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सुर्खेत लगायत कर्णाली प्रदेशका अगुवा सहकारी कर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा दुईवटा विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

मुख्य मन्त्री कार्यालयका सचिव आनन्द सारुले सार्वजनिक महत्वका क्षेत्रहरु र सहकारी प्रणाली विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्‍त कार्यपत्रमाथि टिप्‍पणी सहकारीमा विद्यावारिधि गर्नुभएका विश्वविद्यालयका प्राध्यापक एंव व्यवस्थापन संकायमा पुर्वडिन दिपबहादुर रावले गर्नुभएको थियो । त्यसै गरी नेफ्स्कूनका संञ्चालक यज्ञप्रसाद ढकालले कर्णाली प्रदेशमा सहकारीको विकासको सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नभएको थियो जसको टिप्पणी राष्ट्रिय सहकारी बैंकका संञ्चालक हरिहरनाथ योगीले गर्नुभएको थियो । अन्तक्रिया कार्यक्रममा सहभागी अगुवा सहकारीकर्मीहरुले खुल्ला छलफल मार्फत कार्यपत्रमाथि सुझाव तथा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन रजिष्टार कार्यालयका अधिकृत खेमराज आचार्यले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन