प्रदेश बचत संघबीच ऐतिहासिक व्यवसायिक साझेदारी सम्झौता सम्पन्‍न


कञ्चनपुर । बचत ऋण सहकारी अभियानलाई समुदायको वित्तीय सेवाको उत्कृष्ट छनौटको रुपमा विकास गरी साकोस अभियानको साझा सञ्चालको अवधारणा बमोजिम अगाडि बढ्ने उद्देश्यसहित हिजो कञ्चनपुरको धनगढीमा आयोजित एक कार्यक्रमका बीच नेफ्स्कून र सुदुरपश्चिम प्रदेश बचत संघबीच ऐतिहासिक व्यवसायिक साझेदारी सम्झौता सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलसहित पदाधिकारीहरु र प्रदेश बचत संघका अध्यक्ष सहितको टीमबीच दिपक्षीय सम्झौता भएको छ ।

प्रदेश बचत संघका अध्यक्ष माधव जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दीपक पनेरु र प्रदेश बचत संघका सञ्चालक समिति सदस्य एवम् अन्य प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । बचत ऋण सहकारी अभियानभित्रका साझा वस्तु तथा सेवा विकास गरी सञ्जालभित्र प्रभावकारी परिचालन गर्न विविध विषयहरुमा साझा धारणा विकास गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न