महासंघद्वारा दिपक प्रकाश बाँस्कोटालाई पुरस्कारको घोषणा


ललितपुर । राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका अग्रणी व्यक्तित्व एवम् महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघले चैत १९ गते बिहिबार आयोजना गरेको विशेष कार्यक्रममा सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप बाँस्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । हिजोको कार्यक्रममै महासंघले उत्कृष्ट सहकारी पुरस्कार र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संघ-संस्थाको नामसमेत घोषणा गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने संघ-संस्थाको नाम घोषणा गर्दछ भने अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पुरस्कार प्रदान गर्दछ ।

उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट चितवन जिल्ला सहकारी संघ पुरस्कृत हुने घोषित भएको छ भने सातै प्रदेशका सहकारी संस्थाहरुहरुमध्येबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिदै आएको छ । जसअन्तर्गत प्रदेश १ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था लि. इटहरी, प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फतेपुर र बाग्‍मती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि. पुरस्कृत हुने भएको छ । त्यसैगरी गण्डकी प्रदेशबाट दुम्सी दुग्ध उत्पादन सहकारी संस्था लि. तनहुँ, लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि., बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लि र मुगु पुरस्कृत गरिने घोषणा गरिएको हो । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी व्यवस्थापक सुमित्रा वाइबालाई पुरस्कृत गरिने घोषणा गरिएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन