६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विशेष कार्यक्रम


६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले विशेष समारोहको आयोजना गरेको छ । सो अवसरमा नेपाल सरकारका सचिव गोपीनाथ मैनालीले यस बर्षको राष्ट्रिय सहकारी दिवसको थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गर्ने विभिन्न विधामा पुरस्कृत हुने संघ-संस्था तथा व्यक्तिको नाम घोषणा गरिएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले पुरस्कृत संघ-संस्था तथा व्यक्तिको नाम घोषणा गर्नुभएको थियो ।

महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, सल्लाहकार तथा पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार लीलाप्रसाद शर्मा, उपाध्यक्ष रमेश पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न