सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव


रुपन्देही । लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास हुन नसक्ने बताउनुभएको थियो । लुम्विनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बुटवलमा भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सहकारीको विकास र व्यवसायिकता नहुँदासम्म मूलुकको आर्थिक विकास सम्भव नहुने बताउनुभएको थियो । सहकारीको व्यवसायिक विकास नहुँदासम्म मूलुकको आर्थिक विकास सम्भव नहुने हुँदा सहकारी अभियानलाई प्रदेश सरकारले विशेष महत्वकासाथ हेरीरहेको बताउनुदै उहाँले देश विकासका लागि सहकारी निर्विकल्प रहेको समेत बताउनुभयो । सहकारी ऐन र नियमावलीले गरेको व्यवस्था अनुरुप विभिन्न कोषहरुको सही व्यवस्थापन र सहकारी प्रवद्र्धनकोष मार्फत सहकारी अभियानमा उल्लेख्य योगदान हुने बताउँदै यसलाई प्रभावकारी बनाएर लैजानुपर्ने मन्त्री पौडेलको धारणा थियो । कृषि उत्पादनमा आत्मनिर्भर बन्‍न र कृषिमा लगानी बढाएर व्यपार घाटा कम गर्न सकिन्छ भन्ने उहाँको भनाइ थियो ।

आर्थिक उत्पादनमा सहकारीको भूमिका बढाउन तपाईंहरू भिजन, योजना र प्रतिवद्धतासहित आउनुहोस्, प्रदेश सरकार सहजीकरण गर्न तयार छ र सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यवसायमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका बुटवल र आसपासका क्षेत्र, साविकको लुम्बिनी अञ्चलका ६ जिल्लामा विषयगत संघ, जिल्ला संघका पदाधिकारी एवं प्रदेश सहकारी विकास वोर्ड, प्रदेशका सहकारी रजिष्टार, मन्त्रालयका विज्ञ, सहकारी अभियन्ता, विभागीय प्रमुखहरुको सहभागिता रहेको गोष्ठीका अधिकांश सहभागिहरुले सहकारीलाई प्रदेश र केन्द्र सरकारले जसरी तीन खम्वे अर्थव्यवस्था अनुरुप कार्य गर्नुपर्ने हो, त्यस अनुसार हुन नसकेको बताउनुभएको थियो ।

कार्यक्रममा सहकारी क्षेत्रका विज्ञ तथा सहकारी अभियन्तालाई सहभागी बनाएर प्रशिक्षण, संस्था मर्जरका प्रावधान, सहकारी प्रवद्र्धन कोषको प्रस्तावित नियमावलीबारे छलफल र राय सुझाव समेत संकलन गरिएको थियो । प्रदेश सरकारले सहकारी ऐन २०७६ र सहकारी नियमावली २०७६ को व्यवहारिक कार्यान्यनमा समेत महत्व दिदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन