मकवानपुर । सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको संयुक्त आयोजनामा सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्तर्गत दिवसीय बचत तथा ऋण सहकारी संस्थाहरुको सदस्य केन्द्रीयता सूचकाङ्क तथा स्थलगत सिद्धान्त परिक्षण अभिमुखिकरण कार्यक्रम मकवानपुर, कुलेखानीमा यही चैतमा शुरु भएको थियो । सहकारीका मूल्य मान्यता र सिद्धान्तलाई व्यवहारिक रुपमा मापन गर्नका लागि सूचकहरुको निर्माण, विश्व ऋण परिषदद्धारा जारी बचत तथा ऋण सहकारीका लागि सुशासनका सिद्धान्तका कार्यान्वयन मानकहरुको निर्माण, सदस्य केन्द्रीयता सूचकाङ्क र यसका मापनका सूचकहरुको परिक्षण विधि, सिकाईका लागि दीगो स्थानीय पर्यावरण सम्बन्धि मार्गदर्शन निर्माण, सदस्य सेवाका लागि उत्कृष्ठ कार्यवातावरण र परीक्षणका सूचकहरुको निर्माणका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । यस कार्यशालामा सदस्य सेवा विभाग अर्न्तगत अधिकृत स्तरका २१ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम शुरुवात गर्दै संघका उपाध्यक्ष शान्ती अधिकारीले सहकारीहरु सुशासनमा सञ्चालन नहुँदा थोरै सहकारी बिग्रँदा समग्र सहकारी अभियानको विश्वसनियता माथि प्रश्नचिन्ह उठने गरेको बताउँदै सुशासन र सदस्य केन्द्रीयताले नै सहकारी संस्थाको दीगोपना कायम हुने बताउनुभयो । संघका महासचिव दामोदर अधिकारीले संस्थाहरुको वासलात वृद्धिमात्रैलाई सफलताको सूचकमा नलिई सदस्यकोे जीवनस्तर परिवर्तनमा संस्थाले गरेका कार्यहरु, सदस्य सहभागिता, विस्तारित मञ्च, निरन्तर सदस्य शिक्षा र सुशासनका अभ्यासहरुको पालना मापनलाइ सफलताको सूचकमा समावेश गर्नु आवश्यक भएको बताउनुभयो । अभिमुखिकरणमा सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्र पौडेल, संघको प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सेना, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply