हाम्रो साकोस एक्सेस कार्यक्रममा आवद्व


ललितपुर । ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले एशियाली ऋण महासंघसँगको समन्वयमा सञ्चालन गरेको साकोस गुणस्तरीयतासम्बन्धी स्तरीकरण कार्यक्रम एक्सेसमा आवद्ध भएको छ । आज एक समारोहबीच नेफ्स्कून र हाम्रो साकोसबीच एशियास्तरको उक्त ब्रान्डिङ कार्यक्रममा सम्झौता भएको हो । उक्त कार्यक्रममा नेफ्स्कूनकातर्फबाट बरिष्ठ अधिकृत बल्लभ तिमिल्‍सेना र संस्थाको सम्पूर्ण सञ्चालक समितिका साथै प्रमुख कार्यकारी अधिकृतको समेत सहभागिता रहेको थियो ।

१ अर्ब ४० करोड कुल सम्पत्ति रहेको हाम्रो साकोसमा ६५ सय सदस्य छन् भने काठमाडौं उपत्यकाभर कार्यक्षेत्र रहेको छ । केही समयअघि मात्रै हाम्रो नमुना साकोस र हाम्रो थैलीबीच एकीकरणसमेत भएको थियो । सम्झौता पश्चात बोल्दै संस्थाका अध्यक्ष शम्भु फुँयालले निरन्तर प्रयास गर्दै संस्थालाई दिगो र सुरक्षित बनाउने प्रतिवद्धता व्‍यक्त गर्नुभयो । सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमिल्‍सेनाले एक्सेस कार्यक्रम सम्बन्धमा अभिमूखिकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन