pornjk, pornsam, xpornplease, joyporn, pornpk, foxporn, porncuze, porn110, porn120, oiporn, pornthx, blueporn, roxporn, silverporn, porn700, porn10, porn40, porn900

सहकारी ऐन कानुन र त्यसको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम


६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष एवम् सहकारी विज्ञ कैलाश भक्त प्रधानले कार्यक्रमको उद्घाटन गर्दे पद, पैसा र पहुँचका आधारमा सञ्‍चालित सहकारी संस्थाहरुमा चरम बेथिति रहेका कारण जनताका बचत जोखिममा रहेको कुरा बताउनुभयो । उहाँले सहकारी ऐन पाँच पटक बनी सक्दा पनि सहकारीमा बेथिति रोक्न नसकेको बताउदै आम जनतामा सहकारी शिक्षा दिनुपर्ने कुरा बताउनुभयो । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले वर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्दै व्यवहारिक कानुन मात्र कार्यान्वयमा आउने भएकोले अव्यवहारिक कानुनहरुको सुधारका लागि ध्यान आर्कषण गर्दे आएको कुरा बताउनुभयो । कार्यक्रममा सदस्य संस्थाबाट १३० जनाको सहभागिता रहेको थियो ।

नेफ्‍स्‍कूनका संचालक सदस्य मन्दरा मिश्रले सहकारीको ऐनको परिपालना गर्न गराउनमा संघ लागि परेको कुरा बताउर्दै स्थिरिकरण कोषलाई प्रभावकारी सञ्‍चालन गर्न संशोधन तथा परिर्माजनको आवश्यकता रहेको कुरा बताउनुभयो । जिल्ला सहकारी संघका उपाध्यक्ष कुष्णबहादरले सहकारी दिवसको चर्चा गर्दे सहकारीका सञ्‍चालक र व्यवस्थापकहरु एवम कर्मचारीहरुलाई तालिमको आवश्यकता रहेको कुरा बताउनुभयो । जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले सकारीलाई उत्पादनसंग जोडेर लानुपर्ने आवश्यकता औंल्याउदै भक्तपुर नगरपालिकाका प्रतिनिधि एवम् वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद वासुकलाले भक्तपुर नपाले संचालन गरिरहेको सहकारी गविधिबारे चर्चा गर्दै जनताले अस्विकार गरेको अव्यवहारिक ऐनकानुन संशोधनमा भक्तपुर नगरपालिका सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो ।

संघका वर्तमान अध्यक्ष राधेश्याम सुवालले सहकारी दिवसको लागि तय गर्ने नाराको सार्थकता बारे अभियानले समिक्षा गर्नुपर्ने विचार राख्नुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रमको संचालन गर्दै सहकारी संघ, संस्था र नियमनकारी निकायको समेत सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमले सहकारीमा वेथिति रोक्न आम जनसमुदाय, सहकारी संचालक, सहकारीका सदस्य र नियमनकारी निकायलाई सहकारी शिक्षा तथा तालिमको आवश्यकता बोध गराएको विचार व्यक्त गर्नुभयो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लुम्बिनी साकोसद्वारा निःशुल्क आँखा परिक्षण, २ सय १५ जनाले पाए सेवा
काठमाडौं विश्वविद्यालय र महासंघको सहकार्यमा सहकारी डिप्लोमा कोर्ष सञ्चालन सम्झौता
सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन
गोल्डेन अर्थ साकोस कर्ब्स कार्यक्रममा आबद्ध