सयपत्री साकोसमा क्यूआर कोड सेवा शुरु


कास्की । पोखरा रानीपौवा स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्ना प्रविधिहरुलाई थप गर्दै क्यूआर कोड (QR Code) सेवा विस्तार गरेको छ । मर्यादित व्‍यवसाय र प्रविधिमा सहकारी भन्ने ६४ औं राष्ट्रिय सहकारी दिवसको नारालाई आत्मसाथ गर्दै सहकारीलाई थप प्रविधि मार्फत सदस्यलाई सेवा दिनका लागि ई-सेवा कम्पनी र इन्फोडेभलर्पस् सफ्टवयर कम्पनीको सहकार्यमा यो सेवा विस्तार गरेको हो । सहकारी र सहकारी सदस्यहरुलाई अझ प्रविधिमैत्री बनाउनका लागि संस्थाले विगत देखी स्मार्ट मोवाईल बैंकिङ्ग सेवा, आफ्नौ ए.टि.एम र डेबिट कार्ड सेवा, फन्ड ट्रान्सफर सेवा रहि आएकोमा सहकारी दिवसको अवसर पारि क्यूआर कोड सेवालाई थप बिस्तार गरिएको र निकट भविष्यमा अझ थप प्रविधिलाई अगाल्दै संस्था अगाडि बढ्ने लक्ष्य राखेको संस्थाका अध्यक्ष रविन्द्रनाथ बाँस्तोलाले जानकारी गरानुभएको थियो ।

सेवा शुभारम्भ कार्यक्रममा ई-सेवा कम्पनी गण्डकी प्रदेशका प्रमुख बिनोद बोहोराले कास्की जिल्लामै सहकारीमार्फत क्यूआर (QR) कोड सेवा विस्तारमा देस्रो संस्था रहेको र यो सेवा विस्तार बाट सदस्यले नेपालको जुन सुकै बैक, सहकारी बाट आफ्नो खातामा रकम जम्मा गर्न सहज हुने भएको हुँदा सदस्यहरु लाभन्वित हुने महसुश गरेका भन्दै संस्थाको सफल भविष्यको कामना व्‍यक्‍त गर्नुभएको थियो । सफ्टवेयर कम्पनी इन्फो डेभलपर्स् पोखरा प्रमुख सुवास आचार्यले सहकारी संस्थाहरुमा क्यूआर कोड सेवा बिस्तार गर्न सफ्टवयरको तर्फबाट अति व्‍यवस्थित तरिकाले व्‍यवस्थापन गरिएको र यसबाट छिटो छरितो सेवा लिन अति सजिलो समेत भएको हुँदा यस्तो सेवाको सुरुवात गरेकोमा शुभकामना व्‍यक्‍त गर्नुभएको थियो ।

संस्थाले सदस्यहरुलाई मोवाईल एप्स मार्फत बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट, इन्स्योरेन्स बिल, मोवाइल ब्‍यालेन्स रिचार्ज, हवाई टिकट बुकिङ्क, ई‍-सेवा मनिलोड, सहकारीको खाता बाट बैंकको जुनसुकै खातामा रकम स्थानान्तरण, खल्ती वालेटमा मनिलोड गर्न मिल्ने जस्ता सेवाका साथ साथै आफ्नै ए.टि.एम र डेविट कार्ड समेत निशुल्क उपलब्ध गराई सुविधा प्रदान गर्दै आएको छ । स्थापनाको ११ बर्ष को अवधिमा सहकारी संस्थाको हाल कुल निक्षेप रु.१ अर्व ४२ करोड, कर्जा रु.१ अर्व ३० करोड र जम्मा सम्पत्ती तथा दायित्व (ब्यालेन्स सिट) रु.१ अर्व ७६ करोड रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस