राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु

राष्ट्रिय सहकारी महासंघको आयोजनामा राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु भएको छ । आज पहिलो दिन सोमबार महासंघका अध्यक्ष मिनराज कडेलले डिजिटल प्रविधिमार्फत सम्मेलनको उद्घाटन गर्नुभएको छ । भर्चुअल सम्मेलनमा करिब २ सय सहकारी संघ-संस्थाका व्यवस्थापक, सञ्‍चालकहरुको सहभागीता रहेको थियो । उद्घाटन समारोहमा अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले विशेष सम्बोधन गर्नुभएको थियो । उहाँले सहकारीलाई मर्यादित व्यवसायका रुपमा अगाडि बढाउन के के गर्नुपर्छ भन्ने विषयमा महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो । सो सम्मेलनमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोदकृष्ण श्रेष्ठले व्यवस्थापन सिप, सफलताको मुख्य आधार भन्ने विषयमा कार्यपत्र प्रस्तुति गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा नेशनल म्यानेजमेन्ट काउन्सिलका अध्यक्ष डा. जनकराज शाहले सहकारीमा नेतृत्व र व्यवस्थापकीय परिवर्तन व्यक्तिगत र संस्थागत परिवर्तनका लागि सक्षम भन्ने विषयमा प्रस्तुत गर्नुभएको थियो । मास्टर चेतना कोच भिजनरी इन्टरनेसनल प्रा.लि.का सिइओ तथा नेपाल ओलम्पिक कमिटीका साइकोलोजी कमिसनका चियरम्यान इन्द्र गुरुङले कार्यक्रममा सहभागीलाई उत्साहित बनाउँदै तीन सदनसम्म सञ्‍चालन हुने कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले उक्‍त सम्मेलन उत्साहजनक रुपमा शुरु भएको बताउनुभयो । त्यस्तै नायव महाप्रबन्धक बाबुल खनालले उद्घाटन सत्रको सहजीकरण गर्नुभएको थियो ।

दोस्रो दिन मंगलबार महासंघका महाप्रबन्धक सुब्बाले सहकारीमा कर्पोरेट सुशासन भन्ने विषयमा प्रस्तुती गर्ने र सेवा वितरणमा उत्कृष्ट सरोकारवालाहरुमा प्रसन्‍नता भन्ने विषयमा ग्लोबल आइएमी बैंकका सिनियर डिपुटी सिइओ महेश ढकालले प्रस्तुति गराउने बताउनुभयो ।

तेस्रो दिन बुधबार विभिन्न सहकारी संस्थाका सफल सिइओहरुको वास्तविक शिक्षा दिने उद्देश्यले सफलताको कथाहरु प्रस्तुत गर्ने जसमा चन्द्रागिरी साकोस काठमाडौंका कृष्णकुमार श्रेष्ठ, मेची सहकारी झापाका खोम बगाले, साना किसान सहकारी धनुषाका दिपनारायण पुर्वे, सकृय महिला साकोस मकवानपुरका सविना लामा लगायत संम्‍पूर्णले व्यवहारिक अनुभव सुनाउनुदै महासंघका नायव महाप्रबन्धक बाबुल खनालले सहजीकरण गर्ने जानकारी गराउनुभएको छ । त्यैसगरी अन्तिममा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, निवर्तमान अध्यक्ष केशव बडाल र अध्यक्ष मिनराज कडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *