काठमाडौं । एसियाली ऋण महासंघ (ACCU) को आयोजनामा क्रेडिट यूनियन एक्स्पोजर कार्यक्रम भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा १९ देशका बचत तथा ऋण सहकारी अभियानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र विकू बचत तथा ऋण सहकारी संस्थाबाट नेपालको बचत ऋण सहकारी अभियान र सहकारीका असल अभ्यासहरु सम्बन्धी भिडियो प्रस्तुत भएको थियो ।

कार्यक्रममा एसियाली ऋण महासंघ (ACCU) का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो, प्रमुख प्रविधिक अधिकृत रञ्जित हिताराची, नेफ्स्कूनका अध्यक्ष परितोष पोडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल, विकू साकोसका अध्यक्ष ओमप्रसाद सापकोटा, प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल सहभागी हुनुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौडेललले बचत ऋण सहकारी अभियानमा विकू बचत तथा ऋण सहकारी संस्था रोल मोडलको रुपमा अगाडि बढेको बताउँदै अन्तराष्ट्रिय स्तरमा विकू सहकारीको स्थान परिभाषित गर्न प्रविधि विकासमा जोड दिइने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विकू साकोसका अध्यक्ष सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत पौडेलले संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।
Leave a Reply