सहकारीमा समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभयो । जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित सहकारीमा समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले विभाग बस्‍न नमिल्ने भन्दै ऐन कार्यान्वयन गर्न विभाग कडाइका साथ लाग्नुपर्ने र भुक्तानी फर्छ्यौट समस्या समाधान गर्न राष्ट्र बैङ्कले सहकारीलाई समावेश गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्र बैंकले सहकारीलाई नचिन्‍ने भएकाले राष्ट्र बैंक ऐन संशोधन हुनुपर्ने र तीन खम्बे अर्थनीति कार्यान्वयन चुनौती रहेको भन्दै कार्यान्वयन गर्न सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । कोभिडको समयमा बैंक र नेफ्स्कूनले १-१ अर्बको कोष बनाएपनि सहकारीहरुबाट माग नआएको बताउँदै, हाम्रो नेटवर्कभित्र भएका सहकारीको उत्तरदायित्व हामी लिन्छौं भन्‍ने कुरा व्‍यक्‍त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्न समस्या भएको र तत्काल ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने कुरा व्‍यक्‍त गर्नुभयो । अध्यक्ष कडेलले सहकारीलाई उत्पादनसँग नजोडी नभएको कुरामा समेत जोड दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला