चौंथो कार्यकुशलता तथा सिकाई व्‍यवस्‍थापन कार्यशाला

काठमाडौं । देग बचत तथा ऋण सहकारी संस्था लि. न्युरोड, काठमाडौंको आयोजनामा तेस्रो कर्ब्स समुहको चौंथो कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला (PALM Workshop) यही चैत्रमा सेभेन सिजन्स लाउन्ज एण्ड बार, झम्सिखेल, ललितपुरमा सम्पन्न भएको थियो । देग साकोसका अध्यक्ष प्रेम तुलाधरको अध्यक्षता, नेफ्स्कूनका कोषाध्यक्ष एवं कास्कूनका अध्यक्ष दिपक पनेरुज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त समुहका ९ वटा संस्थाहरुको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रम कास्कूनका व्यवस्थापक अरुणकुमार तिवारी र नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनालीले संयुक्त रुपमा सहजीकरण गर्नुभएको थियो भने आयोजक साकोसका ऋण सहायक राजन महर्जनले सञ्‍चालन गर्नुभएको कार्यक्रममा संस्थाका व्यवस्थापक हरिभक्त महर्जनज्यूले सहभागीहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष एवं कास्कूनका अध्यक्ष दिपक पनेरुले यो टिममा आवद्ध साकोसहरुलाई सहकारी कानुन र संस्थाका नीति नियम कानुन बमोजिम रहेर कार्य सम्पन्न गर्न र सहकारीका सञ्‍चालक, उपसमिति र कर्मचारीहरुमा सहकारी प्रतिको चिन्तनमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले नीति, विधी र प्रविधिलाई अगाल्‍दै संस्था सञ्‍चालनको लागि हरबखत संस्था र सदस्यहरुको हितमा रहेर काम गर्नुपर्ने धारणा समेत व्‍यक्‍त गर्नुभएको थियो ।

उक्‍त कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम तुलाधरले समुहका सबै संस्था र संस्थाका प्रतिनिधीहरुलाई कार्यक्रमको औचित्यता र संस्थाको उद्देश्य बमोजिम क्षमता विकास गरेर सञ्‍चालन गर्न एवं सहकार्य सामना शक्ति विकास गर्न तयार रहेको बताउदै उपस्थित सबैलाई सक्रियतापुर्वक प्रस्तुत हुन निवेदन गदैं धन्यवाद मन्तव्य राख्‍दै कार्यक्रमको समापन सत्रमा संस्थाका कोषाध्यक्ष मोहन तण्डुकारले कार्यशालाका प्रतिवद्धताहरु पालना गर्न अनुरोध गर्दै सबै संस्था र सहभागीलाई धन्यवाद दिदैं समापन गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *