सञ्जाल सक्षमता विकास कार्यक्रम
काठमाडौं । नेफ्स्कूनको आयोजनामा जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्जाल सक्षमता विकास कार्यक्रम भक्तपुरमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने अध्यक्षता नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम संयोजक एवम् संघका कोषाध्यक्ष दिपक पनेरुले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कार्यप्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

२ दिने उक्त कार्यक्रममा नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रममा आवद्ध जिल्ला संघका अध्यक्ष, पदाधिकारी एवम् प्रतिनिधिहरु, व्यवस्थापन प्रमुखका साथै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS हेर्नको लागि सहभागिता रहेको थियो ।

कार्यक्रममा आज नेफ्स्कूनका कार्यप्रमुख कार्यकारी अधिकृत पोख्रेलले नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमको अवधारणा विषयमा प्रस्तुति गर्नुभएको थियो भने तालिम, शिक्षा तथा अन्य कार्यक्रममा साझेदारीको अवधारणा विषयमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रमको दोस्रो दिन भोली पनि कार्यप्रमुख कार्यकारी अधिकृत पोख्रेल र सदस्य सेवा विभाग प्रमुख ढकालले ३ वटा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।