क्षमता अभिवृद्धि तालिम


काठमाडौं । काठमाडौंको चाबहिलमा मुख्य कार्यालय रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम आजबाट भक्तपुरमा सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक, व्यवस्थापन र उपसमिति गरी १३ जनाको सहभागीता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत बल्लभ तिमिल्‍सेना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

१९ सय सदस्य रहेको गुडविल साकोसको कुल सम्पत्ति ४९ करोड रुपैयाँ रहेको छ भने उक्त साकोस नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी स्तरीकरण कार्यक्रम पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आवद्ध रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध