राष्ट्रिय सहकारी महासंघ र अन्तराष्ट्रिय श्रम संगठनबीच द्विपक्षीय भेटवार्ता


अन्तराष्ट्रिय श्रम संगठन नेपालका निर्देशक डा. रिचार्ड हवार्ड नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मन्डल र राष्ट्रिय सहकारी महासंघका उच्चस्तरीय प्रनिनिधिहरु बीच महासंघको कार्यालय पुलचोक ललितपुरमा द्विपक्षिय भेटवार्ता सम्पन्न भएको छ । नेपालमा अवस्थित कृषि सहकारी संघ संस्था र सहकारी मार्फत उत्पादित वस्तुहरुको उचित व्यवस्थापन गर्न आवश्यक पर्ने नीतिगत, संस्थागत तथा सदस्य केन्द्रित क्रियाकलापहरुलाई थप प्रभावकारी र व्यवसायिक वनाउन कसरी आपसी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको भेटवार्तामा महासंघको तर्फवाट अध्यक्ष मिनराज कडेलले डा. हवार्ड नेतृत्वको टोलिलाई स्वागत गर्दै विगतका अनुभवलाई समेट्दै सामाजिक सुरक्षा, श्रम ऐन, सहकारीमा पेशागत स्वास्थ्य तथा सुरक्षा, औपचारिक अर्थतन्त्रको विकासमा योगदान लगायतका क्षेत्रमा सहकार्यको सम्भावना रहेको तथ्यलाई औल्याउनुभएको थियो ।

कार्यक्रममा महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नेपालको सहकारी अभियान र राष्ट्रिय सहकारी महासंघको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । दुई निकाय विच छिटै नै साझेदारी कार्यक्रम सञ्‍चालन गर्ने अनौपचारिक सहमति गरिएको कार्यक्रममा महासंघका सञ्‍चालक के.वि. उप्रेती, डि.वि. बस्‍नेत लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न