२३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
हेटौंडा । मकवानपुरस्थित महिला जागरण साकोसले २३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र (ब्लड बैंक) हेटौँडाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको थियो ।

उक्त कार्यक्रम महिला जागरण साकोसकी उपाध्यक्ष भगवती घिमिरेको संयोजकत्व तथा मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुबप्रसाद लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो भने श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष मानकुमारी पाख्रिनको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।