राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन सफलताका साथ सम्पन्न भएको थियो । महासंघका अध्यक्ष मिनराज कंडेलले समापनका अवसरमा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने यस वर्षको आदर्श वाक्यलाई व्यवहारमा रुपान्तरण गर्न व्यवस्थापीय शिप तथा क्षमता वृद्धिका लागि सो सम्मेलन आयोजना गरिएको बताउनुदै अबको दश वर्षमा नेपालको सहकारी अभियान दीगो र मर्यादित हुने विश्वास व्यक्त गर्नुभएको थियो । सोही सम्मेलनमा पूर्व मन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालले प्रत्येक सहकारीकर्मीहरुलाई सकारात्मक सोचकासाथ अगाडि बढ्न आग्रह गर्दै सम्मेलनले सहकारी संघ-संस्थाका व्यवस्थापकहरुलाई उर्जा थपिदिएको बताउनुभएको थियो ।

उक्त सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका सञ्चालक ओम देवी मल्लले सहकारी संघ संस्थाहरुका सुशासन कायम गर्नमा प्रमुख कार्यकारी अधिकृतहरुको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभएको थियो । समापनका अवसरमा महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले व्यवस्थापकीय शिपका वारेमा र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारी सुशासनका वारे आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सम्मेलनमा सहभागी मध्येका राजन गोतामे र हिमा मैनालीले आफ्ना अनुभव सुनाउदै सम्मेलन प्रभावकारी भएको आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।

काठमाडौं विश्वविद्यालयका प्रा.डा. बिनोद श्रेष्ठले व्यवस्थापकीय क्षमता नै सफलताको साँचो र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जनकराज शाहले परिवर्तन व्यवस्थापन शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने माष्टर कोच इन्द्र गुरुङ्गले मोडरेसन गर्नुभएको सो सम्मेलनको दोस्रो दिन राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारी संस्थाहरुमा संस्थागत सुशासन, ग्लोबल आइएमइ बैंकका सिनियर डेपुटी सिइओ महेश ढकालले उत्कृष्ट सेवा प्रवाह र माष्टर कोच इन्द्र गुरुङ्गले नेतृत्वको उच्चकार्यसम्पादन विषयमा कार्यपत्रहरुको प्रस्तुति गर्नुभएको थियो ।

त्यसैगरी सो सम्मेलनको तेस्रो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक स्वदेश चक्रवर्तीले सहकारी संस्थाहरुको सफलताको साँचो नै प्रभावशाली व्यवस्थापकीय सीप विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने चन्द्रागिरी साकोसको प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, मेची सहकारी संस्था लि.का मेनेजर खोमप्रसाद बगाले, साना किसान सहकारी संस्था लि. धनुषाका मेनेजर दीप नारायण पूर्बे, र सक्रिय महिला साकोस मकवानपुरका मेनेजर सबिना लामा महर्जनले आ–आफ्नो सफलताको कथा सुनाउनु भएको थियो । कार्यक्रमको अन्तमा महासंघका नायव महाप्रबन्धक बाबुल खनालले तिनदिनको कार्यक्रको स्व-अवलोकन गर्नुभएको थियो ।
Leave a Reply