सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी अभिमुखीकरण सम्पन्‍न


मोरङ । सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्‍तर्गत आज मोरङको उर्लावारीमा एक दिवसीय सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ सम्वन्धी अभिमुखीकरण सम्पन्‍न भएको थियो । नेफ्स्कून फिल्ड कार्यालय सुनसरी र दमक झापाको संयुक्त आयोजनामा उर्लाबारीस्थित सगरमाथा साकोसको सभाहलमा भएको कार्यक्रम नेफ्स्कूनमा आवद्ध जिल्ला वचत संघ तथा सदस्य साकोसहरुको तर्फवाट प्रतिनिधित्व गर्दै झापा, मोरङ र सुनसरीबाट १६ महिला सहित ७७ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उर्लावारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले नेपालमा प्रशस्त स्रोत साधन रहेकोले त्यसलाई सहकारीले सन्तुलित रुपमा प्रयोग गरि उत्पादनमा आत्मानिर्भर हुने कार्यक्रम ल्याउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले स्वागत मन्तव्य राख्‍दै सहकारीको दीगो विकासका लागि संघले योजनावद्ध कार्यक्रमहरु सहित साकोस सञ्‍जालीकरण निर्माणमा जोड दिएको बताउनुभएको थियो ।

एराविज एण्ड एसोसियर्टस प्रा.लि.का सि.ए स्थिर वुढाथोकीले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा सहभागी र प्रशिक्षक विचमा सम्पत्ति शुद्धीकरणका वारेमा सहकारीले गर्नुपर्ने काम र सूचना जानकारी प्रेषित गर्नुपर्ने विषयमा अन्‍र्तरक्रियात्मक ढङ्गले सहजीकरण गर्नुभएको थियो भने नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहजीकरण नेफ्स्कून फिल्ड कार्यालय इटहरी सुनसरीका फिल्ड इन्‍चार्ज पवन घिमिरेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन