रुपन्देही जिल्ला बचत संघबीच व्यवसायिक साझेदारी सम्झौता


काठमाडौं । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत रुपन्देही जिल्ला बचत संघ र नेफ्स्कूनबीच व्यवसाय साझेदारी सम्झौता भएको थियो । जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराइको अध्यक्षतामा आयोजित एक संक्षिप्त समारोहकाबीच भएको सम्झौता कार्यक्रममा बचत संघका पदाधिकारी एवम् सञ्‍चालकहरु र नेफ्स्कूनको तर्फबाट सञ्चालक सन्दिप सापकोटा, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल सहित कर्मचारी सहभागी हुनुभएको थियो । बचत तथा ऋण सहकारी संघ र संस्थाहरुको सुदृढीकरणका साथै सदस्य सेवा प्रभावकारीतामा जिल्ला संघ साझेदारी कार्यक्रम एक प्रभावकारी मोडेलको रुपमा अगाडि बढेको कार्यक्रमका सहभागी बक्ताहरुले बताउनुभएको थियो ।

नेफ्स्कूनले जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्‍जाल सक्षमता विकास कार्यक्रम गत साता चैत्र २४ र २५ गते भक्तपुरमा आयोजना गरेको थियो भने दुई दिने उक्त गोष्ठीले व्यवस्थित र सवलिकृत साकोस सञ्जाल निर्माणका लागि कार्यक्रम मार्फत सञ्जाल र पहूँच विस्तार, नीति, विधि र प्रविधिमा एकरुपताका साथै बचत तथा ऋण सहकारी संस्थाका सबै संरचनात्मक तहहरुलाई मजभूत बनाउने सम्बन्धमा निर्णय गरेको थियो । जिल्ला संघ साझेदारी कार्यक्रममा हालसम्म रुपन्देही बचत संघ सहित जिल्ला र प्रदेश संघ गरी २३ संघहरु आवद्ध रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन