प्रबल जनसेवा पदकबाट २ सहकारीकर्मी विभूषित


काठमाडौं । नेपाल सरकारले २०७६ साल असोज ३ गते संविधान दिवको अवसरमा घोषणा गरेको विभूषण मानपदवी, अलंकार र पदकमध्ये प्रबल जनसेवा श्री चतुर्थबाट सहकारी क्षेत्रका दुई व्यक्ति र सहकारी मन्त्रालयको तर्फबाट एक व्यक्ति विभुषित हुनुभएको थियो । आज राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहबाट राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल र कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुनुभएको थियो भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल सहकारी मन्त्रालय मातहतमा रहेर उत्कृष्ठ कार्य गरेकोमा जनसेवा पदकबाट विभूषित हुनुभएको थियो । सहकारी अभियानको प्रवद्र्धन र विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यङ्कन गर्दै सम्मानस्वरप प्रबल जनसेवा श्री चर्तुर्थ श्रेणीद्वारा उहाँहरुलाई विभुषित गरिएको थियो । सरकारले २०६७ भदौ ३१ गतेको निर्णयबाट ४ सय ५० जनालाई विभूषण प्रदान गर्ने सूचना सार्वजनिक गरेको भएपनि सोही वर्ष बिभुषण सुशोभन समारोह हुन नसकेको कारण देखाउँदै यहि चैत्रमा राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित सुशोभन समारोहका लागि सूचना जारी गरेको थियो ।

त्यसैगरी २०७७ असोज २ गते पाँचौ संविधान दिवसको अवसरमा सहकारी क्षेत्र सम्बद्ध ४ जनालाई जनसेवा पदकबाट विभूषित गर्ने घोषणा गरेको थियो । सरकारले २०७७ असोज २ गते घोषित विभूषण नयाँ वर्ष २०७८ साल बैशाख १ गते बुधबार विहान १० बजेदेखि प्रदान गरिने सूचना सार्वजनिक गरेको थियो । आगामी बैशाख १ गते विभूषित हुने सहकारीकर्मीहरुमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशी, राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग र सहारा नेपाल साकोसका सचिव एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक महेन्द्र गिरी हुनुहुन्छ । सरकारले यस बर्ष ५ सय ९३ जनालाई विभूषण मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको सूचना २०७७ असोज २ गते राजपत्रमा प्रकाशन गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन