नागरिकको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण


दोलखा । भिमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले नागरिकको समृद्धिमा सहकारीको लगानी महत्वपूर्ण रहेको बताउनुभएको थियो । बैंकीङ सेवा पुगेको वा नपुगेको दुवै क्षेत्रमा सहकारीको योग्‍दान पछिल्लो समय निकै राम्रो बन्दै गइरहेको उहाँले बताउनुभएको थियो । सदस्यहरुले जम्मा गरेको रकमको सुरक्षाको जिम्मा पुर्ण रुपमा सहकारीले लिनुपर्ने बताउँदै लगानी गर्दा हरेक पक्षबाट सोचेर मात्र सुरक्षित लगानी गर्न सहभागी सहकारी प्रतिनिधिहरुलाई अनुरोध गर्दै नगरले विकास गरेका एक वडा एक उद्यमी कार्यक्रम अन्तर्गत उद्यमीहरुका लागि आवश्यक पुँजी सहयोगका लागि सहकारीसमक्ष आग्रह समेत गर्नुभएको थियो ।

नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले बचत तथा ऋण सहकारी संस्था सुदृढीकरणका लागि नेफ्स्कूनद्वारा प्रवर्दित स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा आवद्धताका लागि अनुरोध गर्दै सदस्यको आर्थिक विकास प्रति जवाफदेही रहि सक्षम संस्था निर्माण गरी सम्पूर्ण सदस्यहरुलाई सम्मृद्ध बनाउने अभियानमा सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभएको थियो । दोलखा जिल्ला सहकारी संघ का अध्यक्ष हेमन्त चौलागाईले आफ्ना सदस्यहरुलाई कसरी बढी भन्दा बढी गुणस्तरयुक्त सेवा दिन सकिन्छ र उत्कृष्ट सहकारी निर्माण गर्न सकिन्छ भनी प्रत्येक संस्थाका नेतृत्वले सोच्नुपर्ने बेला आएको र सदस्यको बचतको सुरक्षा गर्दै आर्थिक सामाजिक जीवनस्तर उकास्ने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ दोलखाका नवनिर्वाचित अध्यक्ष दिपशंकर चौलागाईले सहकारीले सदस्यहरुमाझ उत्कृष्ठ सेवा दिएरै संस्थाको उत्कृष्टता हाँसिल हुनेमा जोड दिनुभऐको थियो । अन्तरक्रियात्मक कार्यक्रममा साहारा साकोस मन्थली, जनहितकोष साकोस खिम्ति, बेताली साकोस बेताली, जनजागरण साकोस मिर्गे, आकाशदिप साकोस जिरी, जनउपकार साकोस झ्याँकु र अर्थभुमि साकोस चरीकोटले आफ्नो संस्थाको प्रस्तुतिकरण राख्नुभएको थियो भने कार्यक्रममा दोलखा र रामेछाप जिल्लाका गौरिशंकर क्लस्टर अन्तर्गत प्रोवेशन कार्यक्रममा आवद्ध साकोसहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ चरिकोट शाखाको सभाहलमा भएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत श्यामराजा तिमिल्‍सेनाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन