चिनारी साकोसको आयोजनामा PALM कार्यशाला

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोग तथा चिनारी साकोस गोर्कणेश्वर न.पा ४ को आयोजनामा कर्ब्‍स कार्यक्रम काठमाडौ दोस्रो समूह क्लष्टरमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुको भौतिक रुपमा सञ्चालित एघारौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) यही चैत्रमा सम्पन्न भएको थियो । कार्यक्रमका मुख्य आर्कषणहरु गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहनुभएको थियो भने अध्यक्षता आयोजक चिनारी साकोसका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले गर्नुएको थियो ।

प्रमुख अतिथि परितोष पौडेलले नेफ्स्कूनले हाल आधारशिला, सार, कर्ब्‍स, प्रोवेसन तथा एक्सेस जस्ता गुणस्तर सुनिश्चितताका कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउदै नेफ्स्कून एकद्धार प्रणालीबाट सेवा दिनका लागि प्रक्रिया शुरुवात गरेको तथा सामाजिक पूँजी निर्माणका लागि सहकार्य गरिरहेको जानकारी गराउदै अव संस्थाहरुले कोभिड पछिको तेस्रो प्रभाव आर्थिक मन्दीका रुपमा देखिने हुनाले सामना गर्न रणनैतिक रुपले तयार रहनुपर्ने जानकारी गराउनुभएको थियो । कार्यक्रममा विशेष अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यस समूहका संस्थाहरु कर्ब्‍स कार्यक्रम उर्तीण गरेर अर्को तहको गुणस्तर सुनिश्चितता कार्यक्रममा जोडिन शुभकामना दिदै नेफ्स्कून राज्यले सहकार्य तथा उत्साह गरेमा नेतृत्व लिन तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि गोर्कणेश्वर नगरप्रमुख सन्तोष चालिसेले अव सहकारी संस्थाले उत्पादन तथा उद्यमशीलता माथी लगानी बढाउनुपर्ने र यसका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभऐको थियो । कास्कूनका सचिव शालिकराम पुडासैनीको सहभागिता रहेको कार्यक्रममा उक्त समूहबाट चिनारी साकोस, तरकारी फलफूल साकोस, जोरपाटी साकोस, हाम्रो दहचोक साकोस, आर्दश भृकुटी साकोस, शारदा माइ साकोस, कम्पास साकोस, रिजु साकोस तथा बाल कुमारी साकोस जम्मा ९ वटा साकोसबाट ४४ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन आयोजक साकोसका सचिव शिवहरी श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कून CURBS कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नुभएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *