बाग्लुङ । बाग्लुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. पछिल्लो समय सहकारी अध्ययन अवलोकन भ्रमणका लागि उपयुक्त केन्द्र बन्दै गइरहेको छ । जिल्लामा सबैभन्दा धेरै सहकारी एकीकरण र केन्द्र विस्तारमा जोड दिँदै आएको सहकारी पछिल्लो समय विभिन्न जिल्लाका सहकारीकर्मीहरुका लागि अवलोकनको केन्द्र बनेको हो र विशेष गरी सिवाईसी साकोसले अवलम्बन गरेको सूचना, प्रविधि, सहकारी एकीकरण अभियानमा चालेको कदम र उत्कृष्ट वित्तीय तथा गैरवित्तीय सदस्य सेवा सहकारी अध्ययन अवलोकन भ्रमणको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । पछिल्लो ४ महिनाको अवधिमा सिवाईसी साकोसमा ११ वटा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरु गरी ३८१ जनाले भ्रमण गरिसक्नुभएको थियो ।

यस अवधिमा सयपत्री साकोस नवलपरासी, शिलशिला साकोस काठमाडौं, मायागढी बहुउद्देश्यीय सहकारी संस्था पाल्पा, लुम्बिनी साकोस सुनौल, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था बुटवल, पेवा साकोस चितवन, जलविनायक साकोस काठमाडौं, समाज विकास बहुउद्देश्यीय सहकारी संस्था धादिङ, मनकामना साकोस मोरङ, बिकू साकोस नवलपरासी र मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्था मुग्लिनबाट अध्ययन अवलोकन भ्रमण सम्पन्न भइसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी गराउनुभएको थियो ।
हालसम्म ३० वटा संस्था एकीकरण गरिसकेको सिवाईसी साकोसले २२ वटा सेवा कार्यालय मार्फत १७ हजार ५०० सदस्यलाई सेवा प्रवाह गरिरहेकोे र संस्थाको कूल सम्पत्ति १ अर्व ९२ करोड पुगेको छ । सिवाईसी साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी रहेको थियो ।
Leave a Reply