सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा


काठमाडौं । पुरानो सिनामंगलस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेल र इलाम जिल्ला सहकारी संघका अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाललाई सहकारी अभियन्ता सम्मानबाट पुरस्कृत गरिने घोषणा गरेको थियो । संस्थाले प्रत्येक बर्ष बार्षिकोत्सवका अवसरमा सहकारी अभियन्ता सम्मान घोषणा गर्ने गरेको संस्थाका व्यवस्थापक राधा कडरियाले जानकारी गराउनुभएको थियो । संस्थाले आफ्नो १३औं बार्षिकोत्सव समारोह पनि कोभिड संक्रमण जोखिमका कारण विस्तृत रुपमा गर्न नसकिएको व्यवस्थापक कडरियाले बताउनुदै संस्थाको सभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच १२औं र १३औं सहकारी अभियन्ता सम्मान घोषणा सहित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रम भएकोथियो ।

समय र प्रविधिको समन्वय मार्फत सहज र शुलभ सेवा दिन सकिन्छ भन्दै सदस्यहरुलाई प्रविधिमैत्री वितीय सेवा उपलब्ध गराउँदै आएको पाँचतारा साकोसले ४०० जना नियमित बचतकर्ता र उद्यम खाता खोल्ने सदस्यहरुलाई निशुल्क अटोमेडेट टेलर मेसिन एटीएम कार्ड सेवा वितरण गरी वित्तीय कारोवारमा सहजता प्रदान गरेको थियो । उक्‍त संस्थाले एटिएम सेवा शुरु गरेकोपहिलो चरणमा २००० एटीएम कार्ड वितरणको योजना ल्याउनुका साथै मोइबाइल एण्ड डेटा टेक्नोलोजी अन्तर्गतका सम्पूर्ण प्रविधि सेवा उपलब्ध गराएको र अन्य प्रविधि प्रयोग विस्तार सँगै सदस्य कारोबार बढेको व्यवस्थापक कडरियाले जानकारी गराउनुभएको थियो ।


एससीटी नेटवर्कसँगको सहकार्यमा शुरु गरिएको एटीएम सेवाबाट सदस्यले नेटवर्कमा आवद्ध जुनसुनै संस्थाको मेशिनमा कार्ड प्रयोग गरेर भुक्तानी लिन सकिने साथै ई कमर्श, वालेट जस्ता प्लाटफर्ममा कार्ड एड गरेर विभिन्न वस्तु खरिद तथा सेवा उपभोग गर्न सकिने संस्थाले जनाएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन