प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित


काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने विभूषण मानपदवी, अलंकार र पदक, अलंकार र पदक मध्ये प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहित ४ सहकारीकर्मी विभूषित हुनुभएको थियो । उक्‍त कार्यक्रम राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल र राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग प्रबल जनसेवा श्री चतुर्थबाट, सहारा नेपाल साकोस, झापाका सचिव एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक महेन्द्र गिरी जनसेवा श्री पञ्चमवाट र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशी सहकारी मन्त्रालय मातहत रहेर उत्कृष्ठ कार्य गरेकोमा जनसेवा श्री तृतीयबाट विभूषित हुनुभएको थियो ।

सरकारले सहकारी अभियानको प्रवर्द्धन र विकास साथै सामाजिक क्षेत्रको विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप सहकारीकर्मीहरुलाई विभूषित गर्ने गरेको थियो । सरकारले यस बर्ष ५ सय ९३ जनालाई विभूषण मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको थियो ।

यसअघि २०७६ साल असोज ३ गते संविधान दिवको अवसरमा घोषित विभूषणबाट राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल २०७७ चैत्र २७ गते राष्ट्रपति भवनमा आयोजित बिभुषण सुशोभन समारोहका बीच प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन