सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम


बन्दीपुर । जन आकांक्षा महिला साकोस धादिङको संस्थागत विकास तालिम तनहुँको बन्दीपुरमा सुरु भएको थियो । वैशाख २ गते देखि ५ गतेसम्म चल्ने तालिममा संस्थाको सञ्‍चालक समिति, उपसमिति र कर्मचारी गरी २१ जनाको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला बचत संघ धादिङका अध्यक्ष टापबहादुर श्रेष्ठले वित्तिय सहकारी जोखिमयुक्त भएकोले साकोसलाई शुसासन र व्यवस्थित सञ्‍चालन गर्न जिम्मेवार सञ्चालक समिति र कर्मचारीहरुको निरन्तर क्षमता अभिवृद्धि आवश्यक रहेको भन्दै यो तालिम निकै महत्वपूर्ण भएको दाबी गर्नुभएको थियो ।

उहाँले तालिम पश्चात संस्था सञ्‍चालनमा सकारात्मक सुधारका लागि कार्यान्वयनमा जान आग्रह गर्दै सदस्य सेवामा ध्यान दिदैं गुणस्तरीय सेवा प्रवाहमा जोड दिन आग्रह गर्दै प्रमुख अतिथि श्रेष्ठले संस्था नीति विधि र प्रविधिबाट सञ्‍चालन गर्नुपर्ने कुरामा जोड दिनुभभएको थियो । उक्‍त कार्यक्रम उद्घाटन समारोह संस्थाकी अध्यक्ष सिता दुवाडी खनालको अध्यक्षतामा सञ्चालन भएको थियो भने तालिम सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न