सामुदायिक साकोसको ११ औं सेवा केन्द्र


धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको पनौती ४ मुख्य कार्यालयमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले धुलिखेल सेवाकेन्द्र शुभारम्भ गरेको थियो । काभ्रेपलाञ्चोक र काठमाडौ उपत्यकाका ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको २९००० सेयर सदस्य आवद्ध सामुदायिक साकोसले ११ औ सेवा केन्द्र जिल्ला सदरमुकाम धुलिखेलमा सञ्चालनमा ल्याएको थियो । धुलिखेलका नगर प्रमुख अशोककुमार व्‍यञ्जुको प्रमुख आतित्थ्यता तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा आयोजित कार्यक्रमकाबीच सेवा केन्द्रको औपचारिक उद्घाटन भएको थियो । कार्यक्रममा बाग्‍मती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव एवम् नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी के.सी., धुलिखेल न.पा.वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघका प्रदेश परिषद् सदस्य लक्ष्मण तिमिल्‍सेना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमिल्‍सेना, सचिव कपिल कोइराला, सहसचिव सरोज अधिकारी लगायत संम्‍पूर्णको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अशोककुमार व्‍यञ्जुले सेवाकेन्द्रको पूर्ण सफलताको कामना सहित तीन खम्वे अर्थनीतिमा सहकारीको भुमिका, छरिएर रहेका पूँजी एकीकृत गरि समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको धारणा व्‍यक्‍त गर्नुभएको थियो । प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव जीवसराज खड्काले संमृद्ध सदस्य निर्माणमा नीति विधि र प्रविधिको प्रयोगका साथ सामुदायले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । त्‍यसैगरि जिल्‍ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाको सदस्यता आवद्धता तथा वित्तिय लक्ष्य हासिल गर्ने शुभकामना व्‍यक्‍त गर्नुभएको थियो भने संस्थाका पूर्व अध्यक्ष एवं परामर्शदाता दिपक थापाले नविनतम प्रविधि एकिकरण लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रिरानाथ तिमिल्‍सेनाले ११ औं सेवाकेन्द्र शुरुवात सँगै १११ सेवाकेन्द्र विस्तारको शुभकामना दिँदै संस्थाको सफलताको कामना सहितको मन्तब्य राख्नुभएको थियो भने धुलिखेल नगरपालिका वडा नंं ३ का वडाध्यक्ष बिनोद पराजुलिले नेपालको सहकारी अभियान र सुरुवातको चर्चा गर्दै सहकारीको प्रवद्र्धन र अभियानलाई सफल पार्दै पर्यटन तथा कृषिको प्रवर्धनमा सहकारी लाग्नुपर्ने मन्तव्‍य राख्नुभएको थियो । अन्त्यमा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराले संस्थाको कार्यक्रमहरु भावी कार्यदिशा माथि प्रकाश पार्दै सहकारी एकीकरणलाई सशक्क्त रुपमा लैजाने र प्रविधिमैत्री सेवामा जोड दिँदै सुरक्षित र सवल रुपमा सदस्य सेवामा समर्पित भई आर्थिक सामाजिक समृद्धिको अभियानमा संस्थालाई अग्रणी रुपमा लैजाने प्रतिवद्धता व्‍यक्‍त गर्नुभएको थियो भने संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका तर्फवाट सञ्‍चालक सदस्यहरु जमुना सापकोटा, मुकुन्दप्रसाद अर्याल, कृष्ण थापा र लेखा सुपरिवेक्षण समिति सदस्य मिना श्रेष्ठ, विभागीय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु लगायतका कर्मचारीहरु सहित ८६ जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन