बुटवल । रुपन्देहीको बुटवल १५ स्थित नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध भएको छ । सञ्चालक र सदस्यहरु महिला मात्रै रहेको उक्त संस्था नेफ्स्कूनले एशियाली ऋण महासंघ आकूको समन्वयमा सञ्चालन गरेको साकोसको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रममा आवद्ध भई उक्त सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको थियो । उक्त कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटा, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्णप्रसाद नेपाल, व्यवसाय प्रमुख राधाकुमारी पोख्रेल तथा साकोसका तर्फबाट जमूना उपाध्याय, तारा काफ्ले, लक्ष्मी रेग्मी शर्मा, मञ्जु गोदार र सुशीला शर्माको रोहवरमा संस्थाको तर्फबाट अध्यक्ष थमाकुमारी अधिकारी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो ।
२०६३ सालमा स्थापित उक्त संस्थाको हाल बुटवल उपमहानगरपालिकाको वडा नं १२, १४, १५ र १६ र शुद्धोदन गाउँपालिकाको वडा नं १ र २ बाहेकका स्थान कार्यक्षेत्र रहेको छ । संस्थामा हाल ३४१० सदस्य छन् भने २ करोड २१ लाख ३३ हजार सेयर पुँजी, १९ करोड बढी बचत, १७ करोड बढी ऋण लगानी र १ करोड १९ लाख बढी जगेडा कोष रहेको छ । २४ करोड ३२ लाख बढीको सम्पत्ति रहेको नमुना महिला विकास साकोसमा हाल १३ सदस्यीय सञ्चालक र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति र ८ जना कर्मचारी कार्यरत रहेको नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी गराउनुभएको थियो ।
Leave a Reply