ज्योतिपुञ्‍ज साकोसको सदस्य शिक्षा कार्यक्रम


काठमाडौं । दिगो र सुशासित सहकारीको परिचायक शिक्षित सदस्यहरु हुन् । एशियाभरका बचत ऋण सहकारीहरुको छाता संगठन एयिशाली ऋण महासंघकी प्रथम महिला प्रमुख कार्यकारी अधिकृत लेनीले पनि सहकारी सञ्चालनका बहुआयामिक पक्षहरुमा सदस्यहरु जानकार भए संस्थाको विश्वसनीयता र दिगोपना सुनिश्चित हुने बताउनुभएको थियो । यसैगरी काठमाडौंको नयाँ बानेश्वर मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. ले आज सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको थियो ।

हालै मात्र नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आवद्धता जनाएको ज्योतिपुञ्जल साकोसले आफ्ना गतिविधिहरुलाई थप सदस्य मैत्री बनाउने योजनाको श्रीगणेश सहकारीको ५ औं सिद्धान्तमा टेकेर गरिएको थियो । सहकारी प्रशिक्षणमा वैशिष्ट्य एवम् दीर्घ अनुभव प्राप्त नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्‍सेनाको सहजीकरण रहेको कार्यक्रममा सहकारीका मुल्य, मान्यता, सिद्धान्त, सदस्यहरुको दायित्व, साकोस सञ्चालनका विधि र प्रक्रिया, सहकरी जीवन दर्शन आदि बारे उहाँले उत्प्रेरणामुलक र बोधगम्य प्रस्तुती गर्नुभएको थियो ।

यसैगरी संस्थाको गोठाटार सेवा केन्द्रका सदस्यहरु लक्षित आजको कार्यक्रममा विशिष्ट अतिथि एवम् साकोसका सल्लाहकार बिष्णु लम्साल, सचिव नविन श्रेष्ठ, सञ्चालक रामेश्वर थापा तथा व्यवस्थापन समूहसहित ७५ जनाको सहभागिता रहेको अध्यक्ष नवराज कार्कीले साकोस आवाजलाई जानकारी गराउनुभएको थियो ।

सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष कार्कीले ज्योतिपुञ्जको वित्तीय अवस्था, वस्तु तथा सेवा र भावी योजनाका बारेमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सदस्य एवम् नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन