बागमती प्रदेश सहकारी संघको परिकल्पना ‘सुदृढ अभियान, सशक्त र सक्षम संघ’


नगरकोट,वैशाख ५ । बाग्‍मती प्रदेश सहकारी संघले आज होटल मेरिगोल्‍ड नगरकोटमा सम्‍पन्‍न दुईदिने कार्यक्रममा रणनैतिक योजना निर्माण तथा प्रवर्धन कार्यक्रम गर्दै आफ्नो ४ वर्षे कार्यकालको रणनीति तय गरेको छ । उक्त कार्यक्रममा संघद्वारा सुदृढ अभियान, सशक्त र सक्षम संघ भन्ने परिकल्पना तय गर्नुका साथै संघले सहकारी मूल्यमान्यता, सिद्दान्तका आधारमा सदस्य संघसंस्थाहरूको प्रवर्धन र सम्बर्धन मार्फत क्षमता विकास गरी मर्यादित व्यवसाय र प्रविधिमैत्री बनाउँदै स्तर उन्नती गर्नुपर्ने ध्येय निर्धारण गरेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा आफ्‍ना मन्तव्य राख्‍दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बाग्‍मतीको सहकारी अभियानलाई कसरी माथि उठाउने भन्ने कुरामा केन्द्रित रहि प्रदेश संघले काम गर्नुपर्ने धारणा राख्‍दै सहकारीका विकृति हटाउन र सहकारीलाई उत्पादन र व्यवसायमा जोड्न संघहरूले अग्रसरता लिनुपर्ने बताउनुभएको थियो ।

त्‍यसैगरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्‍चालक के.बी उप्रेतीले आफ्ना सदस्य संघसंस्थाको सुदृढिकरण गर्न नसक्ने संघहरू चलाउनुको कुनै अर्थ नरहेको स्‍पष्‍ट पार्दै अभियानलाई सुदृढ गर्न प्रत्येक संघले आफैँबाट सुरुवात गर्नुपर्ने र प्रदेश संघ भर्खरै गठन भएकोले अहिलेसम्म केन्द्रिय संघहरू, महासंघ र राज्यका निकायले समेत प्रदेश संघलाई नीतिगत तथा अभियानका अन्य कार्यक्रमहरूमा समेत समावेश नगराइएको देखीएको हुँदा संघ आफैँले सक्रियता देखाएर आफ्नो जिम्मेवारी बहन गर्न सुझाव दिनुभएको थियो । राष्ट्रिय सहकारी महासंघका सञ्‍चालक डि.बी बस्‍नेतले संघ सक्षम नभएसम्म राष्ट्रिय सहकारी महासंघले यस संघलाई कार्यालय व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी ऐन संशोधनका विषयमा महासंघले अग्रसरता नलिनु गम्भिर र अभियानलाई कमजोर बनाउने विषय भएको बताउदै ऐन कार्यान्वयनमा जान नसक्नु दुखद कुरा रहेको भन्दै यसले सहकारी क्षेत्रमा विकृति बढाउने धारणा राख्नुभएको थियो ।

जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले बाग्‍मती प्रदेशमा अधिकांश संघ निश्क्रिय अवस्थामा रहेकोले ती संघलाई सक्रिय बनाउँदै अभियानको सुदृढिकरणमा बाग्‍मती प्रदेश संघले अग्रसरता लिनुपर्ने धारणा राख्नुभएको थियो भने नेफ्स्कूनमा सञ्‍चालक एवम् बाग्‍मती प्रदेश संयोजक जीवश खड्काले प्रदेश संघले आफू मातहतका संघसंस्थालाई प्रवर्धन गर्ने र माथिल्ला संघहरूसँग समन्वय गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमका प्रशिक्षक एवम् नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेलले संघसंस्थामा योजना र बजेटभित्र रहेर संस्थाका कार्यक्रम र गतिविधिलाई अगाडि बढाउनुपर्ने धारणा राख्‍दै यस संघले सहकारी अभियानको सुदृढिकरणका लागि पृथक किसिमका कार्यक्रमहरु रणनीतिमा गर्नुका साथै यसलाई ठोस रूपमा कार्यान्वयनमा लग्ने तर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले छोटो समयमा पनि महत्वपूर्ण रणनीति तय गर्दै यसको कार्यान्वयमा जाने प्रदिवद्धता व्यक्त गर्दै रणनीतिक योजनालाई कार्यान्वयन गर्ने कुरामा महासंघ, बैंक र केन्द्रीय संघहरूको समन्वयात्मक र सहयोगी भूमीका अपेक्षा गरेको कुरा समेत बताउनुभएको थियो । रणनैतिक योजना निर्माण कार्यक्रमको उद्घाटन शत्रमा संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समापन कार्यक्रममा सहभागीहरूका तर्फबाट संघका लेखा सुपरीवेक्षण समितिका संयोजक नेत्रराज पोडेलले आफ्‍ना अनुभव व्यक्त गर्नुभएको थियो । त्‍यसैगरी उद्घाटन र समापन सत्रको उद्घोषण संघका महासचिव भिमप्रसाद दाहालले गर्नुभएको थियो भने कार्यक्रमका लागि राष्ट्रिय सहकारी महासंघ र भूमीव्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयले सहयोग पुर्याएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन