चेतनसिल नेतृत्व विकास तालिम सम्पन्‍न

राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका कार्यकारी प्रमुख सिइओहरुका लागि सञ्‍चालन भएको चेतनसिल नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको थियो । यही बैशाखमा सञ्‍चालन भएको तालिमको संक्षिप्त समापन मन्तव्य राख्दै राष्टिय सहकारी महासंघका महाप्रवन्धक सुव्वाले सहकारी संघ संस्थाका प्रमुख कार्यकारीहरुको चेतनशील नेतृत्व विकास अपरिहार्य भएको सन्दर्भमा आयोजित यस तालिमले सहकारी संघ संस्था सुदृढ हुनुका साथै सहकारी अभियानलाई दिगो एवं मर्यादित वनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको थियो ।उक्‍त तालिमको सहजीकरण गर्नुभएका मास्टर चेतनाकोच इन्द्र गुरुङले चेतनसिल नेतृत्व देखिने भन्दा पनि आफैले अनुभुति गर्ने कुरा भएकाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

उक्‍त तालिममा महासंघले सञ्‍चालक समितिका पदाधिकारीहरुका लागि समेत यसप्रकारको तालिमको आयोजना गर्नुपर्छ भन्ने आफ्‍ना विचारहरु सहभागीहरुले व्यक्त गर्नुभएको थियो भने तालिममा नेतृत्व क्षमता अभिवृद्धि संगसंगै व्यक्तिगत मास्टरी, आमजन मास्टरी, संस्थागत मास्टरी, तनाव व्यवस्थापन, मुल्यमा आधारित निर्णय लगायतका विषयमा रचनात्मक ढंगले अभ्यास समेत गरिएको थियो । सो कार्यक्रममा देशभरका विभिन्न सहकारी संघ-संस्थाका २३ जना कार्यकारी प्रमुखहरुको सहभागीता रहेको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *