नेफ्स्कून अध्यक्षद्वारा पत्रकार काजी श्रेष्ठलाई बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले नेपाल पत्रकार महासंघ बाग्‍मती प्रदेश कार्यसमिति सदस्यमा अत्यधिक मतान्तरका साथ निर्वाचित सहकारी पत्रकार समाज सीजेएनका उपाध्यक्ष एवम् डिजिटल पत्रिका सहकारी खबर डट कमका सम्पादक काजी श्रेष्ठलाई आज बधाईसहित कार्यकाल सफलताको शुभकामना पदान गर्नुभएको थियो । पत्रकार श्रेष्ठ यस बर्षको नेफ्स्कून पत्रकारिता पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो ।

उक्‍त कार्यक्रममा नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ लि. का महासचिव एवम् जिल्ला सहकारी संघ लि. काठमाडौंका उपाध्यक्ष खेमराज सुवेदी तथा नेफ्स्कूनको प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्‍सेना समेत सहभागी हुनुभएको थियो । नेफ्स्कूनले गत वर्ष साउन ३२ गते आफ्नो ३३ औं स्थापना दिवसका अवसरमा घोषणा गरेको उक्त पुरस्कार गत वर्ष मंसिर ५ गते संघको २९ औं वार्षिक साधारण सभाका क्रममा श्रेष्ठलाई प्रदान गरेको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *