धादिङमा नेकोस प्लस सफ्टवेयर सञ्चालन तालिम सम्पन्‍न


धादिङ । नेफ्स्कून फिल्ड कार्यलय धादिङको आयोजना तथा जिल्ला वचत संघ धादिङको समन्वयमा २५ वटा बचत तथा ऋण सहकारी संस्थाका ५० जना प्रतिनिधिहरुको उपस्थितिमा यही बैशाखमा साकोस अभियानको आफ्नै सफ्टवेयरस् नेकोस प्लस सफ्टवेयर सम्‍बन्‍धी २ दिने तालिम धादिङबेशीमा सम्पन्न भएको थियो । उक्त तालिमको उद्घाटन कार्यक्रम नेफ्स्कून धादिङ फिल्ड कार्यालय व्यवस्थापन समिति सदस्य प्रदिप अधिकारीको सभापतित्वमा भएको थियो । उहाँले नेकोस प्लस साकोसहरुका लागि एक मात्र उत्कृष्ट, प्रभावकारी, भरपर्दो, गुणस्तरिय प्रविधि भएको र वर्तमान अवस्थामा साकोसलाई पेपर लेस बनाउने विधि नै प्रविधिको उच्चतम प्रयोग हुनुका साथै प्रविधिमा सूचनाको खोजी गर्नुपर्ने, समय अनुकूल आफुलाई परिष्कृत गर्दै अगाडि बढ्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो ।

उक्‍त कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्ला बचत संघ धादिङका प्रमुख व्यवस्थापक गोर्कण दुवाडीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी तथा एक्सक्लुसिभ माइन्डका अभिषेक लाभले गर्नुभएको थियो । कार्यक्रममा पहिलो दिन नेकोस प्लस खरिद गरि भर्खर सञ्चालनमा रहेका साकोसलाई सफ्टवेयर चलाउने प्रक्रिया सिकाइएको थियो भने दोस्रो दिन लामो समयदेखि नेकोस प्लस सफ्टवेयर सञ्चालन गर्दै आएका र त्यसमा देखिएका समस्या समाधानका साथै त्यसमा थपिएका विशेषता र केही समय पछि आउने नयाँ विशेषताका बारेमा विस्तृत छलफल गरिएको थियो ।

उक्‍त तालिममा सहभागी गोर्खाका सप्तकोशी साकोसका व्यवस्थापक बासु लामिछानेले आर्थिक पारदर्शिता, आर्थिक संरक्षण ,तथ्याङकको संरक्षण, संस्था समृद्धि र विकासमा प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको भन्दै यी सबैका लागि नेकोस प्लस सफ्टवेयर प्रभावकारी भएको बताउँदै प्रयोगकर्ताहरुबाट समस्या समाधानका लागि सकारात्मक उर्जा प्राप्त भएको धारणा राख्नुभएको थियो । त्‍यसेैगरी उहाँले साकोसहरुको पहिलो प्रथमिकता नेकोस प्लस भएको बताउँदै प्रविधिमा आएको परिवर्तनहरुका बारेमा प्रयोगकर्ताहरु अनभिज्ञ रहेको बताउनुभएको थियो भने प्रविधिसँगै संस्था, कर्मचारी र सदस्यहरु पनि परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन