प्रदेश- २ मा सहकारी ऐनको माग


राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको नेतृत्वमा सहकारीकर्मीको टोलीले प्रदेश नम्बर २ मा छिटो भन्दा छिटो सहकारी ऐन ल्याउनुपर्ने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहसँग भेटवार्ता गर्नुभएको थियो । यही बैशाखमा प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शसाहलाई भेटी संविधान सभा सदस्य समेत रहनुभएकी मल्लको नेतृत्वको टोलीले सहकारी प्रवर्धनका लागि आउँदो नीति तथा कार्यक्रम तथा बजेटमा सम्बोधन गर्नुपर्ने विषयको सुझाव समेत दिएको थियो ।

सहकारी ऐन तथा नियमावली जति सक्दो छिटो ल्याउनका लागि वरिष्ठ उपाध्यक्ष मल्लले अनुरोध गर्दै प्रदेशका जिल्ला सहकारी सघहरुको अनुगमन गरी सहयोग गर्न र प्रदेशभरी रहेको ३८ वटा सम्पूर्ण जिल्ला संघ तथा विषयगत संघहरुलाई आ-आफ्नो संघको वस्तुस्थितिलाई प्रस्तुत गर्ने गरी गोष्ठीको आयोजना गर्नका लागि मन्त्रालय कार्यक्रम तय गर्न समेत उहाँले अनुरोध गर्नुभएको थियो । मन्त्री शैलेन्द्रप्रसाद साहले आउँदो नीति तथा कार्यक्रम तथा बजेटमा सहकारी क्षेत्रको लागि उचित बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले ऐन कानुन पास गर्ने विषयमा आफू संवेदनशिल भएको बताउनुभएको थियो ।

उहाँले पहिलो पटक आफ्‍ना साथीहरु प्रदेश नं.२ को सहकारी अभियानको लागि पहल गर्न आउनुभएकोमा महासंघका वरिष्ठ उपाध्यक्ष मल्ल र महासंघलाई धन्यवाद दिदै खुसी समेत व्‍यक्त गर्नुभएको थियो भने सोहि दिन मल्लको नेतृत्वको सहकारीकर्मीको टोलीलले प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा.राजेश झालाई भेटी प्रदेश नम्बर २ को सहकारीको संघ-संस्थाको अवस्था र सहकारी क्षेत्रको विस्तारका लागि चाल्नुपर्ने कदमको विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले सहकारी ऐन नआएका कारण प्रदेश २ मा विशिष्टकृत सहकारी संघ, प्रदेशस्तरीय सहकारी संघहरु गठनमा समेत समस्या भएको र प्रदेश प्रमुखले सहकारी प्रति आफु सकारात्मक रहेको र यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन