संस्थागत विकास तालिम सम्पन्न
नवलपरासी । हिमाली ब्राह्मी महिला साकोस भरतपुर चितवनको संस्थागत विकास तालिम नवलपरासीमा सम्पन्न भएको थियो । यही वैशाखमा सञ्चालित तालिममा संस्थाको सञ्चालक समिति, उपसमिति, सल्लाहकार र कर्मचारी गरी २१ जनाको सहभागिता थियो । प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी रहनुभएको तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीले गर्नुभएको थियो भने विशिष्ट अतिथि नेफ्स्कून सञ्चालक विद्या कोइराला, अतिथि, संस्थाका संस्थापक अध्यक्ष तेजमाया पौडेल, सल्लाहकार शारदा खनाल आदिको उपस्थिति रहेको थियो । संस्थाको तर्फबाट स्वागत मन्तव्य उपाध्यक्ष मिना कुमारी पाण्डे ढकालले राख्नुभएको थियो ।

प्रमुख अतिथि अधिकारीले साकोसलाई सुशासित र व्यवस्थित सञ्चालन गर्न जिम्मेवार सञ्चालक र कर्मचारीहरुको निरन्तर क्षमता अभिवृद्धि आवश्यक रहेको भन्दै तालिम निकै महत्वपूर्ण भएको र उहाँले तालिम पश्चात संस्था सञ्चालनमा सकारात्मक सुधारका लागि कार्यान्वयनमा जान आग्रह गर्दै शुभकामना समेत व्यक्त गर्नुभएको थियो । तालिम समापन समारोहका प्रमुख अतिथि नेफ्स्कून सञ्चालक विद्या कोइरालाले सहभागीहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको थियो भने तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्का र तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो । त्यसैगरी उद्घाटन र समापन कार्यक्रम सञ्चालन संस्थाकी सचिवले गर्नुभएको थियो ।