मोरङको भुल्के साकोस प्रोवेसन कार्यक्रममा आवद्ध


मोरङ । सलकपुरस्थित भुल्के साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोवेसन कार्यक्रममा आवद्ध भएको थियो । भुल्के साकोस बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आवद्ध भएको हो । उक्त सम्बन्धमा आज नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपाल र भुल्के साकोसका अध्यक्ष श्याम कुमार आचार्यको उपस्थितिमा औपचारिक सम्झौता समेत सम्पन्न भएको थियो । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल तथा साकोसका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य नेपालले साकोसहरु नीति, विधि र प्रविधिमा आधारित भई सञ्चालन गर्नुपर्नेमा जोड दिदैं प्रोवेसन कार्यक्रममा आवद्ध हुँदा त्यस दिशातर्फ ध्यान पुग्ने बताउनुभएको थियो । उहाँले वित्तीय तथा संस्थागत सवलताका लागि नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चिततासम्बन्धी कार्यक्रममा सहभागी हुनुपर्ने बताउँदै सदस्यहरुको चाहनाअनुरुपको सेवा प्रदान गर्न कुनै कञ्जुस्याइँ गर्न नहुने प्रष्ट पार्नुभएको थियो । सम्झौतापूर्व नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले प्रोवेसन कार्यक्रमको महत्व, सूचकहरु लगायतका विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन