सहकारीहरुबीच एकीकरण सम्पन्‍न


काठमाडौं । चन्द्रागिरि न.पा-७ थानकोट महादेवस्थानस्थित चन्द्रागिरि साकोस र ललितपुर महानगरपालिका १४ खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्थाबीचको एकीकरण प्रकृया यही बैशाखमा सम्पन्न भएको थियो । बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट उक्त एकीकरण प्रकृया स्वीकृत भएसँगै अभियानले पूर्णता पाएको थियो । दुवै संस्थाबीच गठन भएको एकीकरण कार्यदलहरुबीच पटक पटक बसेको बैठक एवं दुवै संस्थाको पछिल्लो साधारण सभा तथा संयुक्त साधारण सभाबाट दुई संस्थाबीच एकीकरणको निर्णय हुनुका साथै बाग्‍मती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको थियो । एकीकरण प्रकृया पूर्व चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ४७ करोड र शुभतारा सहकारीको कुल सम्पत्ति २० करोड तथा सदस्यहरुमा क्रमशः १३ हजार ५ सय र ६ सय रहेकोमा दुवै संस्था एकीकरण पश्चात दुवै संस्थाका सदस्यहरुले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था मार्फत कारोवार गर्ने जनाइएको थियो ।

त्यसैगरी हाल संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनिबेशी नगरपालिका सम्म कायम भएको थियो भने हालसम्म सम्पन्न एकीकरण प्रकृयाबाट संस्थाको ४ वटा सेवाकेन्द्र सञ्चालन हुने भएको छ जसमा चन्द्रागिरि न.पा-१२ सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललितपुर महानगरपालिका १४ खुमलटारमा शुभतारा सेवाकेन्द्र, काठमाडौं महानगरपालिका २२, न्युरोडमा, न्युरोड सेवाकेन्द्र र धुनिबेसी नगरपालिका-७ मा नौविसे सेवाकेन्द्र सञ्चालन हुने भएको थियो । निकट भविष्यमा १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पुर्‍याइ गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने लक्ष्यको साथ चन्द्रागिरि साकोस अगाडि बढ्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन