बाग्‍मती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक सम्पन्‍न


राष्ट्रिय सहकारी महासंघको बाग्‍मती प्रदेश समन्वय उपसमितिको प्रथम बैठक काभ्रेको धुलिखेलमा सम्पन्न भएको थियो । बाग्‍मती प्रदेश समन्वय उपसमितिका संयोजक तथा महासंघका सञ्‍चालक डि.वि. बस्‍नेतको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकले सबै संघहरुले मंसीर महिनाभित्र नियमित साधारण सभा सम्पन्न गर्ने, कर्मचारी र कार्यालय व्यवस्थापन नभएका जिल्ला संघले ३ महिनाभित्र व्यवस्थापन गर्ने, संघ प्रवद्र्धनका लागि महासंघले आवश्यक योजना तथा वजेटको व्यवस्थापन गर्न प्रदेश सरकारसंग लविंग गर्ने, आगमी आर्थिक वर्षका लागि सबै संघले कम्तीमा १० वटा योजना बनाई महासंघमा पेश गर्ने लगायतका १५ वटा निर्णयहरु पारित गरिएको थियो ।

बैठकको समापनमा संक्षिप्त मन्तव्य राख्दै महासंघका अध्यक्ष मिनराज कडेलले यस वर्षको थिम मर्यादित व्यवसाय र प्रविधिमा सहकारी तथा महासंघको दुरदृष्टि दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघका लागि अभियानमा चुनौती भएतापनि सबैको सहकार्यमा हासिल गर्न सकिने कुरामा जोड दिनुभएको थियो । त्‍यसैगरी महासंघका निवर्तमान अध्यक्ष केशव वडालले महासंघले अगाडि सारेका नीति तथा कार्यक्रममा सदस्य संघहरु ऐक्यवद्ध हुनुपर्ने कुरामा जोड दिंदैं सहकारीको दर्शनलाई टेकेर संघ-संस्था सञ्‍चालन गर्नुपर्ने विचार व्यक्त गर्दै सहकारी क्षेत्रको पूजीलाई मूल्य श्रृखलामा जोडनुपर्ने कुरामा जोड दिंदै सोका लागि संघहरुको भूमिका महत्वपूर्ण हुने विचार उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले बताउनुभएको थियो भने कार्यक्रममा महासंघका सञ्‍चालक के.वी उप्रेती र गणेश ढकालको समेत सहभागिता रहेको थियो ।

जिल्ला सहकारी संघ लि. काभ्रेको संयोजन तथा आतिथ्यतामा भएको उक्त बैठक संघका अध्यक्ष दिलिप शर्माको स्वागत मन्तव्यबाट शुरु भएको थियो । त्यसैगरी उपसमिति संयोजक डि.वि. बस्‍नेतले बाग्‍मती प्रदेशका सदस्य संघहरुको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारी संघहरुको प्रर्वद्धन र विकासमा कसरी अघि बढ्‌न सकिन्छ भन्ने वारे भिन्ना भिन्नै विषयमा महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाड्ड सुव्वा, राष्ट्रिय सहकारी बैकका सि.ई.ओ. बद्रिप्रसाद गुरागाई, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का सदस्य सेवा प्रमुख दुर्गाप्रसाद ढकाल तथा नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.का अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका सञ्‍चालक खेमबहादुर पाठकले प्रस्तुती गर्नुभएको थियो ।

त्‍यसैगरि बाग्‍मती प्रदेश समन्वय समितिको दोश्रो वैठक जिल्ला सहकारी संघ लि.नुवाकोटको आतिथ्यतामा आगमी मंसीर महिनामा नुवाकोटमा वस्‍ने निर्णय समेत यस बैठकले पारित गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन