सहकारी अभियन्ता योगराज पौडेलको निधन


काठमाडौं, १२ वैशाख । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष एवम् सूचना चौतारी सञ्चार सहकारी संस्थाका संस्थापक सदस्य सहकारी अभियन्ता योगराज पौडेलको निधन भएको छ । आज विहान ३ बजे केएमसी अस्पताल सिनामंगलमा ह्र्दयघातबाट पौडेलको ५३ वर्षको उमेरमा असामयिक निधन भएको हो । उहाँको अन्तिम संस्कार आज बिहान पशुपति आर्यघाटमा गरिएको थियो । उहाँको निधनको खबरले संस्था स्तब्ध र मर्महात भएको छ । सहकारी क्षेत्रका प्रेरणाका स्रोत पौडेलको निधनले संस्थाले अभिभावक गुमाएको महसुस गरेको छ । संस्थाको विकासकालागि उहाँले खेल्नु भएको भूमिका अतुलनीय रहेको छ ।

दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था र सूचना चौतारी सञ्चार सहकारी संस्थाका तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
बाग्‍मती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक सम्पन्‍न