प्रारम्‍भिक साधारण सभा


काठमाडौं । जिल्ला वचत तथा ऋण सहकारी संघ लि. पश्चिम नवलपरासी वर्दघाट सुस्ता पश्चिमका नवनिर्वाचित अध्यक्ष राजन कुमार आचार्यले चालु आ.व.को तीन महिना भित्र ३२ सदस्य, ९ लाख सेयर पुँजी र २२ लाख बचत संकलनको लक्ष्य लिएको बताउनुभएको थियो । उहाँले जिल्लाका ४० बचत तथा ऋण सहकारी संस्थाहरुलाई पहिलो चरणमा आवद्धताको लागि पहल गरिएको र आगामी दुई आ.व. भित्र ६ सय ८० सदस्य र २ करोड बचत संकलनको लक्ष्य अगाडि सारेको कुरा जानकारी गराउदै हाल साविकका २२ संस्था संघमा आवद्ध भएको कुरा समेत व्‍यक्‍त गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष आचार्यले संघको प्रभावकारी सञ्चालनमा तत्कालका लागि निकै चुनौती भए पनि तीन वर्षिय व्यवसायिक योजना निर्माण गरी सोही अनुरुप कार्य थालनी गर्दै मजबुद जिल्ला बचत संघ निर्माणमा एकजुट र प्रतिवद्ध भएको कुरा व्‍यक्‍त गर्दै अवको तीन महिना भित्र योजनावद्ध लक्ष्य हाँसिल गर्ने र राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनसँगको आवद्धताका लागि प्रक्रिया थालनी भएको कुरा समेत जानकारी गराउनुभयो ।

उक्‍त प्रारम्भिक साधारणसभाले राजन कुमार आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो । समितिको उपाध्यक्षमा फुल कुमारी गिरी, सचिव रमेश कर्माचार्य, सहसचिव देवराज श्रेष्ठ, कोषाध्यक्ष ध्रुव नारायण वानिया, सदस्यहरु रविन्द्र विक्रम हमाल, डिक बहादुर पाण्डे, शिवदेव न्यौपाने, मिना चौधरी, प्रदिप सुवेदी, विष्णुप्रसाद बराल र लेखा सुपरिवेक्षण समिति संयोजकमा लेखानाथ खरेललाई निर्विरोध चयन गरेको थियो ।

उहाँले समितिमा पूर्ति हुन बाँकी केही रिक्त पदहरुलाई छिट्टै सहमतिको आधारमा सदस्य चयन गर्दै जिल्लाका ७ स्थानीय निकायमध्ये ५ वटा निकायबाट सञ्चालकमा प्रतिनिधित्व रहेको कुरा समेत व्‍यक्‍त गर्नुभएको थियो । त्‍यसैगरी उक्‍त प्रारम्भिक साधारण सभाको प्रमुख अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय पालिका भित्रका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई जिल्ला संघ मातहतमा ल्याएर प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था र नेफ्स्कून बीच पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक नारायण थापा क्षेत्री, वर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष र संघका नवनिर्वाचित सञ्चालक सदस्य रविन्द्र विक्रम हमालले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष आचार्यले संघले गरेका कार्यहरु सहितको समग्र प्रतिवेदन प्रस्तुत गर्दै संघलाई मजवुद बनाउन व्यवसायिक योजना अनुसारको लक्ष्य हाँसिल गर्ने र साविकका सदस्य संस्थाहरु अध्यावधिक गर्ने, नयाँ सदस्यता वृद्धिका लागि समन्वय बढाउने र राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, प्रदेश सहकारी संघ, प्रदेश वचत संघ, जिल्ला सहकारी संघ सहितका छाता संघहरुमा आवद्धताका कार्यक्रम अगाडि बढाउने कुराको जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
सहकारी अभियन्ता योगराज पौडेलको निधन
बाग्‍मती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक सम्पन्‍न