पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण


राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेलले सहकारीलाई व्यवसायीक रुपमा सक्षम र सवल बनाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले सहकारी संघ-संस्थामा रणनैतिक योजना नहुदा अलमल परेको देखेर महासंघले संघ-संस्थालाई रणनीतिक योजना निर्माणका लागि फोकस गरेको बताउनुभएको थियो । ताप्लेजुङको फुङलिङमा जिल्ला सहकारी संघ र पूर्वेली पर्यटन सहकारी संस्थाको रणनैतिक योजना निर्माण गोष्ठीको उद्घाटन गर्दै उहाँले बचत तथा ऋण बाहेकका सहकारी संघ-संस्थालाई आत्मनिर्भर बनाउने उद्देश्यले महासंघले रणनैतिक योजना निर्माणमा सहयोग गरेको र महासंघले जिल्ला सहकारी संघलाई सक्रिय र व्यवसायीक बनाउँदै दिगो बनाउने उद्देश्यले रणनैतिक योजना निर्माण गर्दै आइरहेको भन्‍दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा रणनैतिक योजना निर्माण गोष्ठी भएको कुरा व्‍यक्‍त गर्नुभएको थियो ।

सामाजिक दुरी र अन्य मापदण्डको पालना गदैै फुङलिङको माउन्टेन होटलमा भएको उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले पालिकाको पर्यटन, कृषिलगायत उत्पादनमुलक क्षेत्रमा सक्रिय सहकारीलाई सहयोग गर्ने र ताप्लेजुङ पर्यटकिय जिल्ला भएकाले पर्यटन सहकारीको प्रवद्र्धन र विकासका लागि सहयोग गर्ने बताउनुभएको थियो । जिल्ला सहकारी संघ ताप्लेजुङका अध्यक्ष टामन सिग्देलले स्थानीय तहहरुले ऐन नियम, नीति नियम बजेट बनाउदा जिल्ला सहकारी संघसँग समन्वय गर्न आग्रह गर्नुभएको थियो भने पूर्वेली पयर्टन सहकारी संस्थाका अध्यक्ष कुमार लिम्बुले ताप्लेजुङमा समुदायमा आधारित नमुनास्तरको पर्यटन सहकारी निर्माण गर्ने उद्देश्यका साथ रणनैतिक योजना निर्माण गर्न थालेको बताउनुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक खेलप्रसाद वुडाक्षेत्रीले संस्थाले आगामी दिनमा दिगो र गुणस्तरीय पर्यटन उद्यम सञ्‍चालन गर्ने बताउनुभएको थियो भने कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोख्रेल,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सन्तोष खतिवडाको समेत उपस्थिति रहेको थियो । उद्घाटन पछि जिल्ला सहकारी संघ र पूर्वेली पर्यटन सहकारी संस्था लि.को छुट्टा छुट्टै रुपमा बसी रणनैतिक योजना निर्माण भइरहेको थियो जसमा १४ बैशाखसम्म सञ्‍चालन हुने कार्यक्रममा केशवप्रसाद पोख्रेल र कन्चनजंघा पोलिटेक्निक इन्चिच्युट नेपालका प्रशिक्षक निर्मल सिग्देलले सहजीकरण गर्ने निर्णय गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन
बाग्‍मती प्रदेश समन्वय उपसमितिको प्रथम बैढक सम्पन्‍न