नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच जिल्ला संघ साझेदारी सम्झौता सम्पन्न भएको थियो । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा संघका कोषाध्यक्ष एवम् जिल्ला संघ साझेदारी कार्यक्रम व्यवस्थापन कार्यदल संयोजक दिपक पनेरु र जिल्ला बचत संघ बर्दियाका अध्यक्ष नवराज न्यौपानेबीच सम्झौता आदानप्रदान भएको थियो । जिल्ला संघ साझेदारीमार्फत सञ्जाल सम्बन्ध सवलीकरणमा थप टेवा पुग्ने विश्वास दुबै पक्षद्वारा लिइएको थियो । कार्यक्रममा नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन