रणनीतिक व्यवसायिक योजना निर्माण कार्याशाला


काभ्रे । काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र विस्तार गरेको समुदायमा आधारित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०८१ र २०८२ सम्ममा एक लाख सदस्यमाझ सेवा र १० अर्ब सम्पत्ति पुर्याउने लक्ष्य लिएको जनाएको छ । यही साउन २१ देखि २३ गतेसम्म सञ्चालित वार्षिक समीक्षा एवं पाँचौ रणनीतिक व्यवसायिक योजना कार्याशाला गोष्ठीमा चालू आ.व.२०७८ र २०७९ को निर्धारित लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनुपर्ने थप रणनीतिहरु बारे विस्तृत छलफल गरिएको थियो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा आज सम्पन्न उक्त गोष्ठीमा २०७७ माघ महिनामा भएको अर्धबार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरु, कार्यान्वयनको अवस्था र गत आ.व को वार्षिक समीक्षा तथा सवल पक्ष र सुधार गर्नुपर्ने पक्षहरुबारे छलफल भएको थियो ।

उक्त कार्यक्रममा संस्थाको कर्पोरेट कार्यालय लगायत ७ वटा सेवा कार्यालय र ७ वटा सेवा केन्द्रको गैह्र वित्तीय सेवा र लक्ष्य प्राप्तीका लागि अपनाइएका रणनीति प्रतिवेदन तथा कर्पोरेट कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति, प्रमुख व्यवस्थापकले समष्टिगत वित्तिय प्रगति एवं लक्ष्य, ऋण उपसमितिबाट ऋण उपसमितिको प्रतिवेदन एवं रणनीति, लेखा सुपरीवेक्षण समितिले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन एवं रणनीति, लघुवित्त उपसमितिले लघुवित्त उपसमितिको प्रतिवेदन एवं रणनीति प्रस्तुत गरिएको थियो ।

त्यसैगरी संस्थाका सचिवले सञ्चालक समितिले गरेका निर्णयको जानकारी गराउनुभएको थियो भने कोषाध्यक्षले समष्टिगत वित्तीय प्रगति माथि टिप्पणी गर्नुभएको थियो । त्यसैगरी तीन दिवसीय उक्त गोष्ठी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो भने नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिना र तालिम अधिकृत कोमलराज अधिकारीले सहजिकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न