धनगढी सेवा कार्यालय समुद्‌घाटन कार्यक्रम

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले आफ्ना सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा धनगढी सेवा केन्द्र कार्यालय शुभारम्भ गरेको छ । बचत तथा ऋण सहकारी सञ्जालको सवलीकरण मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य अनुरुप संघले सदस्य संस्थाहरुलाई सहज हुगे गरी कार्यालय सञ्जाल विस्तार गरिरहेको छ ।

कार्यालयको शुभारम्भ एक समारोहका बीच संघका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । उक्त समारोहको अध्यक्षता संघका सञ्चालक सदस्य तथा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष माधव जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने समारोहमा विशिष्ट अतिथिको रुपमा प्रदेश सहकारी रजिष्ट्रार गोकुलप्रसाद बोहराको उपस्थिति रहेको थियो ।

त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कैलालीका अध्यक्ष शिव थापा, जिल्ला सहकारी संघ लि. कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप-समितिका सदस्यहरु भुपेन्द्र थापा, सुरत बोगटी, बद्रीप्रसाद भट्टराई, प्रेमलता देवी गौतम, साकोस म्यानेजर्स क्लबका अध्यक्ष छविलाल जैसी लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *