नेफ्स्कून र जिल्ला बचत संघ कञ्चनपुर बीच कार्यक्रम सम्झौता

कञ्चनपुर । बचत ऋण सहकारी अभियानको साझा सञ्जाललाई व्यवस्थित र बलियो बनाउँदै सहकारी भावको कार्यान्वयनलाई सुनिश्चित गर्न जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत नेफ्स्कून र कञ्चनपुर जिल्ला बचत संघ बीच साझेदारी सम्झौता भएको थियो । साझेदारी कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल र जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्दले हस्ताक्षर गर्नुभएको थियो । संघका अध्यक्ष परितोष पौडेलले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आवद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघ र प्रदेश संघ मार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो । यस अभियानलाई सुदृढीकरण तथा सञ्जालको क्षमता विकास गरि सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघको व्यवसायमा एकरुपता ल्याउन र स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम महत्वपूर्ण रहेको उहाँले बताउनुभएको थियो ।

नेफ्स्कून र जिल्ला बचत संघ बीचको व्यवसायिक साझेदारी कार्यक्रममा हालसम्म दोलखा, मोरङ, काठमाडौं, धादिङ, बागलुङ, नवलपरासी, चितवन, दाङ, बारा, सिन्धुली, मकवानपुर, सुनसरी, कास्की, सर्लाही, काभ्रे, उदयपुर, रौतहट, बाँके र रुपन्देही गरी १९ जिल्ला बचत संघ साथै बाग्मती, सुदुरपश्चिम र लुम्बिनी प्रदेश बचत संघ सामेल भएका छन् भने कञ्चनपुर जिल्ला बचत संघसँग साझेदारीका कार्यक्रमका लागि सहमति भएको थियो ।


Posted

in

, ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *