दुर्गा साकोस प्रोवेसन कार्यक्रममा आवद्ध


सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित दुर्गा बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र दुर्गा साकोसबीच औपचारिक सम्झौता भएको हो । उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक कुमार निरौला, लेखा समिति सदस्य कृष्णचन्द्र राई, पूर्व सञ्चालक शम्भूकुमार श्रेष्ठ र नेफ्स्कूनको तर्फबाट फिल्ड व्यवस्थापन उपसमति सदस्य शालिकराम ढकाल, सुनसरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरे, व्यवसाय सहायक रामहरी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका व्यवस्थापक कुमार निरौलाले साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेसन सहभागिताले नीति, विधि र प्रविधिमा सुधार साथै संस्थाको वित्तीय सुशासन एवम् संस्थागत विकासमा टेवा पुग्ने विश्वास लिइएको बताउनुभएको थियो । २३ सय सदस्यहरु माझ वित्तीय सेवाको पहुँच पुर्याउँदै आएको समुदायमा सञ्चालित दुर्गा साकोसको ५३ करोडको वासलात रहेको उहाँले जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न