भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा न-. ४, दधिकोटस्थित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलाप अन्तर्गत यही साउनमा रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं-४ का अध्यक्ष उत्तम थापाले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले महामारीको कारण रगतको अभाव भइरहेको अहिलेको परिस्थितिमा अमरज्योति सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेर पुण्यको काम गरेको बताउनुभएको थियो ।

प्रमुख अतिथि थापाले सहकारी संस्था समाजको अभिन्न अंग भएको र अमरज्योतिले सहकारी गतिविधिसँगै सामाजिक सेवामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेकोमा धन्यवाद दिँदै अमरज्योति सहकारीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । उहाँले रक्तदाताहरुलाई हौसला प्रदान गर्दै रक्तदान गर्नु जीवनको सबैभन्दा ठूलो धर्ममात्र नभई बेलाबेलामा रक्तदान गर्दा मानिसको शरीर स्वस्थ तथा फुर्तिलो हुने बताउनुभएको थियो ।
Leave a Reply